दफा २५
साझेदारी वनको वन पैदावार उपयोग तथा बिक्री वितरण
(१) साझेदारी वनबाट उत्पादित काठ दाउरा र गैहकाष्ठ वन पैदावारको बाँडफाँट तोकिए बमोजिम हुनेछ।
(२) साझेदारी वन उपभोक्ता समूहले साझेदारी वन व्यवस्थापन कार्ययोजनाको कार्यान्वयनबाट सो समूहलाई प्राप्त हुने वन पैदावार आन्तरिक खपतको लागि प्राथमिकता दिई बाँकी रहेको वन पैदावार मात्र समूहबाहिर पठाउने गरी छुट्याउन सक्नेछ।
(३) साझेदारी वनबाट उपभोक्ता समूहलाई प्राप्त हुने वन पैदावार बिक्री बितरणबाट प्राप्त रकम मध्ये कम्तीमा पच्चीस प्रतिशत रकम वनको विकास, संरक्षण र व्यवस्थापन कार्यमा खर्च गरी बाँकी रहेको रकमको कम्तीमा पचास प्रतिशत रकम सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गरिबी न्यूनीकरण, महिला सशक्तिकरण तथा उच्चम विकास कार्यमा खर्च गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिम खर्च गरी बाँकी रहेको रकम उपभोक्ता समूहको हितमा खर्च गरिनेछ।